काठमाण्डौं, ९ वैशाख / थारु भाषाको तुहि हो तुहि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर बिहीबार सार्वजनिक गरेको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ ।
देवदत्त क्रियशनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका उक्त गीतको म्युजिक भिडियोमा नेपाली चलचित्र होस्टेल रिटर्न्समा पिके डन नामको पात्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल थारु कलाकार प्रदिप कुमार चौधरी तथा अहिलेकी व्यस्त मोडेल रियाशा दाहालको अभिनय रहेको छ ।
सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छाँयाकन गरिएको उक्त भिडियोको निर्देशन बिक्रम चौहान, छायाँकन उत्सव दाहाल तथा मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।