हेटौंडा, ३० चैत/ मकवानपुर हेटौंडाका गायक शोभराज तामाङ्गको नयाँ गीत कान्छीको म्युजिक भिडियो सार्वजनिक भएको छ । हेटौंडाको चौकी टोल स्थित क्रियटिभ रेस्टुरेन्ट एण्ड बारमा एक कार्यक्रमको आयोजना गरी "कान्छी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
हेटौंडाको विभिन्न स्थानमा छाँयाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियोमा युभाष श्रेष्ठ, निरु थिङ्ग, दिपक तामांगको अभिनय रहेकोको छ । गायक तामाङ्गकै शब्द, संगीत रहेको सो गीतको छायाँकन, सम्पादन तथा निर्देशन विशाल राज राईको रहेको छ । गायक तामाङ्गले आफ्नै अधिकारिक शोभराज तामाङ्ग युट्युब च्यानलबाट सार्वजनिक गरिएको सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी गायक कृष्ण गोपाल सि, अतिथिहरुमा मकवानपुर तामाङ्ग कलाकार संघका अध्यक्ष धिरेन तामाङ, सचिव अनराज तामाङ लगायत भिडियोमा अभिनय गर्ने कलाकार तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
यस अघि दुई वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिसकेका गायक तामांगको सुन्दर शान्त बोलको गीतको भिडियो दर्शकले निकै रुचाएका थिए ।