मकवानपुर, २३ चैत / चौथो बागमती गोल्डकपको उपाधी थ्रि स्टार क्लव ललितपुरले हात पारेको छ । मकवानपुरको बागमती गाउँपालिकामा संचालित चौथो बागमती गोल्डकप फुटवल प्रतियोगिता अन्तरगतको सोमबार भएको फाइनल खेलमा अफ्रिकन रुट्स एशोसिएशनलाई हराउदै थ्रि स्टारले फाइनलको उपाधी हात पारेको हो । पहिलो हाफ सम्म थ्रि स्टारलाई अफ्रिकन रुट्सले दबावमा राख्दै लगातार २ गोल गरेर अग्रता लिए पनि खेलको दोस्रो हाल्फमा थ्रि स्टारका खेलाडीहरु मनीष डांगी, निशान खड्का र रूपेश केसीले १/१ गोल गर्दै आफ्नो टिमलाई ३-२ को अग्रता दिलाएका थिए ।
उपाधी हात पारे सँगै थ्रि स्टार क्लवले नगद ८ लाख राशीको नगद पुरस्कार सहित ट्रफी प्राप्त गरेका छन् ।
खेलकुद विकास समिति बागमती गाउँपालिकाको आयोजनमा चैत १३ गते देखि २३ गते सम्म संचालित फुटबल प्रतियोगितामा राष्ट्रिय स्तरका १० टिमको सहभागिता रहेको उक्त प्रतियोगिताको उप बिजेता हुदैँ अफ्रिकन रुट्सले नगद ४ लाख सहित ट्रफी प्राप्त गरेका छन् ।
फाइनल खेलको पुरस्कार हस्तान्तरण कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिंग शेर्पा, बागमती प्रदेशका एनएससी सदस्य सचिव सूर्य भण्डारी, बागमती गाउँ पालिका अध्यक्ष सर्केश घलान र अन्य पदाधिकारीले विजेता टिमलाई पुरस्कार वितरण गरेका थिए