काठामाण्डौ, १९ चैत/ संगीतकार तथा गायक कृष्ण कुमार राईको "आँखैको क्यामेराले" बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अहिलेकी व्यस्त र फरक स्वरकी धनी गायिका एलिना चौहान र संगीतकार तथा गायक कृष्ण कुमार राईको स्वर रहेको उक्त "आँखैको क्यामेराले" बोलको गीतको भिडियो आईतबार सार्वजनिक गरिएको हो ।
शकुन हाङ्खोप्सा राईको शब्द तथा निर्माण रहेको उक्त गीतमा कृष्ण कुमार राई कै संगीत रहेको उक्त गीतको राज बान्तावा राईले भिडियोको निर्देशन गरेका छन् ।कोरियोग्राफर साकार राई र युजिन राईको अभिनय तथा म्रोयल एकेडेमी ग्रुपको नृत्य रहेको गीतको भिडियोलाई शकुन हाङ्खोप्सा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।