मकवानपुर, १८ चैत / मकवानपुरको बागमती गाउँपालिकामा संचालित चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको आजको खेल जावलाखेल युथ क्लब ललितपुर र नव जन जागृती युवा क्लब सिमरा बीच हुने आयोजकले जनाएको छ ।
१३ गते भएको उद्घाटन खेलमा आयोजक टिमलाई पराजित गरेका सिमरा र बाईमा परेका जावलाखेल युथ क्लव आज मैदानमा भिड्दै छन ! पहिलो पटक मैदानमा उत्रिदै गरेका जावलाखेलका लागि आजको खेल चुनौतीपूर्ण हुन सक्छ भने आयोजक टिमलाई पराजित गर्दै मैदानका अनुभव लिइसकेका सिमरालाई जीत निकाल्न केही सहज हुने अनुमान गर्न सकिन्छ !
त्यस्तै, १३ गते देखि संचालन भएको चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको १७ गते भएको खेलमा बागमती युवा क्लब सर्लाहीले जीत निकाल्दै सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ! हिमालयन शेर्पा क्लवसँग भिडेको बागमती युवा क्लब सर्लाहीले ३-२ गोलले पराजित गर्दै सेमिफाइनलको लागि स्थान सुरक्षित गरेको हो ।