सिन्धुली, ७ चैत/ सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका उपाध्यक्ष सवार मोटरसाईकल दुर्घटनामा परेको छ ! गाउँपालिकाकी उपाध्यक्ष अनिता राई चढेको मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुदाँ उनका श्रीमान भुवन राई सामान्य घाइते भएका छन् । शनिबार हरिहरपुरगढी गाउँपालिका-३ बनौलीमा ट्याक्टरको ठक्करबाट घाइते भएकाहरुको उद्दार गरेर फर्किदै गर्दा एक्कासी बाख्राले बाटो काट्दा उपाध्यक्ष सवार मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुन पुगेका थिए ।
हरिहरपुरगढी गाउँपालिका-३ बनौलीमा ज १ त ९५८७ नम्वरको ट्याक्टरले बिपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३-००२-६५५४ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकललाई चालक हरिहरपुरगढी-३ सोकनका राज कुमार ठाडा मगर र पछाडी सवार राजु लामा घाइते भएका छन् । यिनै घाइतेहरुको उद्दार गरेर फर्किदै गर्दा उपाध्यक्ष सवार मोटरसाईकल दुर्घटना भएका हुन् । ट्याक्टरका ठक्करबाट घाइते भएकाहरुको उपचार चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ भने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको हरिहरपुरगढी प्रहरी चौकीले जनाएका छ ।