काठमाडौं,८ चैत ६/ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनहरूले विभिन्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
बुधबार माइतीघरमा ६ वटा किसान संघ तथा संगठनहरू(अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र),अखिल नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ (अप्फा),अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी),अखिल नेपाल किसान यूनियन,अखिल नेपाल प्रगतिशील किसान संघ) सहभागी थिए । ।
प्रदर्शनकारीहरूले किसान एकता जिन्दावाद,किसानहरू गर्जन्छ किसानमारा थर्कन्छन्, किसान माथिको वित्तीय शोषण अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर, विषादी युक्त खाद्यान्न आयात बन्द गर जस्ता नारा लगाएका थिए।