काठमाडौं,२ चैत / आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई यूएईले ३११ रनको विशाल लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । यूएईका लागि आसिफ खानले शतकिय पारी खेले । आसिफले ४२ बल खेल्दै ४ चौका र ११ छक्काको सहयोगमा १०१ रन बनाए ।
कप्तान मोहमद वसिम र भिर्टिया अबिन्द्रले अर्धशतकीय पारी खेले । त्यस्तै वसिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६३ रन बनाए । अबिन्द्रले १३८ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा ९४ रन बनाए । यूएईका रोहन मुस्तफाले २० रन बनाए ।
विकेट लिने क्रममा नेपालका लागि ललित राजवंशीले दोस्रो ओभरको पाचौं बलमा यूएईका आर्यन लाक्रालाई बोल्ड आउट गरे भने दोस्रो विकेटका लागि नेपाललाई १६औ ओभर कुर्नुपर्यो।
दोस्रो विकेट नेपाली स्पिनर सन्दीप लामिछानेले युएईका कप्तान मोहम्मद वासिमलाई उलबीडब्लु आउट गरे। उनी ६३ रन बनाए आउट भए।
तेस्रो विकेट युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रनआउट भए। चौथो विकेट आयान अफ्जल खानलाई दिपेन्द्र सिंह ऐरीको बलमा गुलशन झाले क्याच गरे। ५०औँ पुरा खेलमा यूएईले ५ विकेट गुमाएर ३१० रन जोडेको हो।