रौतहट, १९ फागुन । रौतहट जिल्लाको चन्द्रपुरमा रहेको एक निजी अस्पतालले पत्रकारहरुलाई नि:शुल्क स्वास्थ्य परिक्षण गरेको छ ।चन्द्रपुर अस्पताल प्रालिले चन्द्रनिगाहपुर क्षेत्रमा सक्रिय रुपले पत्रकारिता गरिरहेका पत्रकारहरुलाई लक्षित गरी बुधबार बिहान निःशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।
समाजका हरेक क्रियाकलापमा पत्रकारहरुले ज्यानलाई जोखिममा राखी जनतालाई सही सूचनाले सुसूचित गराउदै आएको हुनाले उहाँहरुको स्वास्थ्यका स्वास्थ्यलाई मध्ये नजर गर्दै आफुहरुले सञ्चारकर्मीहरुको नि:शुल्क स्वास्थ्य परिक्षण गरेको चन्द्रपुर हस्पिटल प्रालिका प्रमुख डा.सुभाष चौधरीले बताएका छन् ।
चन्द्रपुरमा रहेका विभिन्न सञ्चार गृहमा आबद्ध दर्जन भन्दा बढी सञ्चारकर्मीहरुको स्वास्थ्य जाँच गरेको अस्पतालले जनाएको छ । चन्द्रपुरबाट नियमित प्रकाशित हुदैँ आएको पत्रिका तराई एक्सप्रेस दैनिक, हाइवे न्युज दैनिक, जन सरोकार दैनिक तथा चन्द्रपुरबाट नियमित आफ्नो सेवा प्रशारण गर्दै आएको गुञ्जन एफएम, रेडियो सुप्रिम लगायत विभिन्न राष्ट्रिय सञ्चार गृहका पत्रकारहरुको रगत, छातीको एक्सरे, रक्तचाप र इसिजी गरेको डा.चौधरीले मेरो हुलाकी डटकमलाई जानकारी दिएका छन् ।