काठमाडौं ,५ पुस / संसदीय दलको नेता चयन गर्न राप्रपाले बैठक बोलाएको छ । प्रवक्ता मोहन श्रेष्ठले दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा दलको नेताका साथै उपनेता र प्रमुख सचेतक पनि चयन बारे छलफल हुने बताइएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन्