मकवानपुर, १४ फागुन / नेपाली चलचित्र शृजनाको छायाँङ्कन कार्य सम्पन्न भएको छ । मकवानपुरे निर्देशक बाबु थिङ्गले निर्देशन गरेको चलचित्र शृजनाले समाजमा विकृतिको रुपमा रहेको छुवाछुत, जातिय विभेद विरुद्धको कथावस्तु बोकेको निर्माणपक्षले जनाएका छन् । चाडैं नै दर्शक माझ ल्याउने उक्त चलचित्रमा विकास चौधरीको संगीत, राजन महर्जनको नृत्य निर्देशन, राजु किरातको द्वन्द निर्देशन तथा सरु ओलिको शृंगार रहेको सो चलचित्रलाई सुनिल सिंहले खिचेका छन् ।
अहिलेको २१ औँ शताब्दीमा पनि जातजातिका नाममा समाजमा द्वन्द शृजना हुने गरेकोले त्यसको अन्त्यका लागि हामीले एउटा फरक ढङ्गबाट दर्शक माझ सन्देश दिने उद्देश्यले चलचित्र निर्माण गरेको निर्देशक बाबु थिङ्गले मेरो हुलाकी डटकमलाई बताएका छन् ।
मकवानपुर जिल्लाको विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको उक्त चलचित्रमा किशोर खतिवडा, बिरेन डिसी, सबिता रेग्मी, प्रेक्षा बानियाँ, केदार दवाडी, रामचन्द्र अधिकारी, सुभाष अधिकारी,सन्ध्या शाह, रमेश अधिकारी, बिन्दा थिङ्ग र विक्रम लुङ्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।