काठमाडौं,२७ भदौ / सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने जानकारी दिए।
कार्यदलले गरेको रिपोर्टिङका आधारमा सोमबारको छलफलमा यी सबै विषयमा टुंगोमा पुग्ने उनले बताए।