काठमाडौं,२० भदौ / जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
सोमबार राति पनि प्रदेश १, मधेस, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।