काठमाडौं,२० भदौ/ प्रतिनिधिसभा र प्रदेश सभाका आगामी सिट बाँडफाँडको खाका तयार पार्न गठित सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ।
बैठक दिउँसो १ बजे बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकमा गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी काम गर्न कार्यदललाई निर्देशन दिएको छ।
बैठकपछि मन्त्री कार्कीले निरन्तर बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेश गर्ने बताए। यसअघि सिट बाँडफाँडको खाका तयार पार्न नसकेपछि कार्यदलले यो जिम्मेवारी शीर्षनेतालाई नै सुम्पेको थियो।