काठमाडौं, १३ भदौ / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनाव समानुपातिकतर्फ भाग लिन ७६ दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए।
आइतबारसम्म दिइएको समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दल दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। प्रदेश सभातर्फ भने प्रदेश–१ मा ५५ निवेदनमार्फत ६३ दलले आवेदन दिएका छन्, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल र गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दलले दल दर्ताको निवेदन दिएका छन्।
यस्तै लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत् ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दिएका छन। आयोगले दल दर्ताका लागि भदौ १० देखि १२ गतेसम्मको समय दिएको दिएको थियो।