काठमाडौं, ९ भदौ/ केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वेन्टी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल र केन्याबीचको खेल नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने ४ बजे सुरु हुनेछ। नेपाल र केन्याबीचको टी–२० र एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपालमा याक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्नेछ । त्यस्तै, भीयूस्पोर्ट् (VUSPORT) , आईसीसी टीभी र WILLOW बाट पनि खेलको लाइभ हेर्न पाइनेछ ।
हिजो भएको प्रि–म्याच कन्फरेन्समा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका थिए। पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ। टी–ट्वान्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ।