काठमाडौं ,९ भदौ / युक्रेनले स्वतन्त्रता दिवस मनाइरहेका वेला एउटा रेल स्टेसनमा रुसले रकेट आक्रमण गरेको छ। आक्रमणमा २२ जनाको मृत्यु र ५० जना घाइते भएका छन्।
पूर्वी शहर चाप्लिनेमा भएको आक्रमणमा एक बालकसहित पाँच जनाको जलेर मृत्यु भएको बताइएको छ।
यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। युक्रेनमा रुसले आक्रमण सुरु गरेको बुधबार ६ महिना पुगेको छ।