काठमाडौं, ७ भदौ / आज महाभियोग सिफारिस समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो २ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्नेछ ।
बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्नेछ। साथै समितिको सभापति चयन गर्नेछ।
प्रतिनिधिसभाका ९८ सांसदले गत फागुनमा २१ वटा अभियोग लगाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
महाभियोग लागेसँगै जबरा निलम्बनमा परेपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन्।