जनकपुर,२६ साउन / प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले करार सेवाका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ।
गोरखापत्रमा सूचना जारी गर्दै प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन्।