काठमाडौं ,२३ साउन /नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार ५ सयले घटेर छापावाल सुन ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
त्यस्तै तेजावी सुन प्रतितोलामा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।