रौतहट, १९ साउन / रौतहटको फतुवा विजयपुर वडा नम्वर-११ मा अबैध रुपमा लुकाई राखेको अवस्थामा ६ थान सालको गोलिया वन कर्मचारीले बरामद गरेका छन् । बिहीबार चोचा सब-डिभिजन वन कार्यालयका अधिकृत हिरोहित चौधरीको नेतृत्वमा खटिएको गस्ती टोलीले ५० क्यूफिट बराबरको ६ थान सालको गोलिया बरामद गरेको हो ।
तस्करहरुले अबैध रुपमा तस्करी गरी फतुवा विजयपुरको रांगी गाउँमा लुकाई राखेको गोप्य सूचनाको आधारमा खोजतालसी गर्दा उक्त परिमाणको सालको गोलिया बरामद गरेको अधिकृत चौधरीले जानकारी दिएका छन् । बरामद गरिएको काठ सब-डिभिजन वन कार्यालय चोचामा राखिएको चौधरीले बताए ।