भरतपुर,१६ साउन / नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।
बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ गएरातिदेखि लगातार पानी परिरहँदा पहिरो पन्छाउन समस्या भएको उनले बताए।