काठमाण्डौं, ४ फागुन / हानामिजुकी ट्रेनिङ्ग सेन्टरले सरस्वती पुजाको अवसरमा नयाँ भर्ना हुने विद्यार्थीको लागि विशेष छुटको घोषणा गरेको छ । जापानको विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) भिषा अन्तर्गतको भाषा तथा विभिन्न शीप परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको हानामिजुकी ट्रेनिङ्ग सेन्टरले आउँदो फागुन ११ गते मंगलबार सम्म भर्ना हुने विद्यार्थीलाई सम्पूर्ण शुल्कबाट २० प्रतिशत छुट दिने भएको हो ।
मंगलबार ट्रेनिङ्ग सेन्टरको कार्यालय नयाँ बानेश्वरमा सरस्वती पुजा विशेष कार्यक्रममा बोल्दै ट्रेनिङ्ग सेन्टरका प्रवन्धक विशाल पोख्रेलले छुट दिने घोषणा गरेका छन् । साथै उक्त कार्यक्रममा पोख्रेलले हानामिजुकीले जापानको Dogwood Community Company सँग सहकार्य गरेर जापानको विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) भिषामा जापान जान चाहनेहरुको लागि पुलको रुपमा काम गर्दै आएको र आगामी दिनमा पनि सबैको आशा भरोसाको केन्द्र बिन्दु बन्ने कुरामा विश्वस्त रहेको बताए ।
उक्त सरस्वती पुजा विशेष कार्यक्रममा जापानको Dogwood Community Company को नेपाल प्रतिनिधी प्रकाश आचार्य, हानामिजुकीकी संस्थापक कल्पना निरौला लगायत प्रशिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । जापानको विशिष्टिकृत दक्ष कामदार भिषा अन्तर्गतको नर्सिङ्ग केयर गिभरमा नेपालबाट जापान जाने पहिलो नेपाली कामदार बिनु गुरुङ हानामिजुकीमा नै जापानिज भाषा र शीप सम्बन्धी अध्ययन गरेकी थिइन् ।