पुर्व नवलपरासी,११ साउन/ नवलपरासी पुर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन्, चारको अवस्था गम्भीर छ।
नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको जनाकारी दिए।
बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको छ। घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ। चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पाठकले बताए।