काठमाडौं,११ साउन/ साफ यू–२० च्याम्पियनसिप पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजे सुरु हुनेछ।
आज हुने खेलमा श्रीलंकालाई हराउँदै नेपाल प्रतियोगितामा लगातार दिस्रो जीत निकाल्न चाहन्छ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यता पहिलो खेलमा बंगलादेशसँग १-० गोलले पराजित भएको श्रीलंका आज नेपाललाई हराउँदै पहिलो जीत निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।