भोजपुर ,१० साउन / भोजपुरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। हतुवागढी गाउँपालिका ८ का ४३ वर्षीय भक्तबहादुर थापा र २५ वर्षीय सुमित राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारीले जानकारी दिए।
दुवै जनालाई धरानबाट भोजपुर घर फर्कने क्रममा हतुवागढी ९ हसनपुर गैरी गाउँबाट तीन सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको हो।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।