काठमाडौं ,९ साउन/ बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन्चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन्चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।