काठमाडौं, २ फागुन / नेपालबाट विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजङ्ग बस्नेत विरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । आइतबार काठमाडौं प्रहरी परिसरमा बस्नेतले आफू माथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन् ।
बस्नेतसँगै काठमाडौंमा बेवारिसे शव जलाउदै आएकी सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरु बीचको सम्बन्ध बिग्रिएको थियो ।
रोका मगरको बस्नेत विरुद्धको उजुरी दर्ता भैसकेकोले पक्राउ पुर्जी जारी गर्ने तयारीमा रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी अशोक सिंहले जनाएका छन् ।