काठमाडौं,२ साउन /अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । सो हमलामा अन्य तीन जना घाइते भएका छन् ।
ग्रीनवुड इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलाबारी भएको छ । आक्रमणमा तीन जनाको मृत्यु र अन्य तीन घाइते छन् । सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए ।