काठमाडौं,३१ असार / चर्चित युवा पुस्ताका गायक क्रिश क्षेत्रीले आफ्नो नयाँ तीज गीत जाम कान्छि पोइल जामू सार्वजनिक गरेका छन । हिन्दु नारीहरुको पर्व तीजलाई लक्षित गरि गत बुधबार सार्वजनिक गरेको उक्त गीतमा गायक क्षेत्रीको शब्द रहेको छ । गीतको थेगो कर्णाली प्रदेशको रहेको छ ।
नाच मैया नाच गीतबाट चर्चामा आएका क्षेत्री कम समयमा नै युवा पुस्तामाझ लोक प्रिय बनेका छन् । कर्णाली प्रदेशको सल्यानमा जन्मिएका गायक क्षेत्रीले कर्णालीकै थेगो तथा भाकालाई समेटर आफुले गीत सृजना गरेको मेरो हुलाकी डटकमलाई बताएका छन् । सार्वजनिक उक्त गीतमा गायक क्षेत्री र एलिना चौहानको स्वर, क्षेत्री कै शब्द र संगीत त्यस्तै संगीत संयोजन कुमार सानु पुनले गरेका छन् भने क्रिश क्षेत्री, ममता राना मगर, गोविन्द विबस, राजेश बिसी र रोहीनी ठकुरीको अभिनय रहेको उक्त गीतको भिडियो निर्देशन तिलक ठकुरीले गरेका हुन । गीत क्रिश क्षेत्रीको अफिसियल युटुब च्यानलबाट दर्शक श्रोतामाझ आएको छ।