रौतहट, १ फागुन । रौतहट जिल्लाको चन्द्रपुरमा मेयर कप राष्ट्रिय पुरुष कराते प्रतियोगिताको आयोजना हुने भएको छ । चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा फागुन ७ र ८ गते कराते प्रतियोगिताको आयोजना हुन लागेको हो ।
चन्द्रपुर नगरपालिकाको मुख्य प्रयोजनमा हुने मेयर कप राष्ट्रिय पुरुष कराते प्रतियोगितामा पुरुष खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । पुरुष कराते खेलाडीहरुको मात्र सहभागिता रहने उक्त प्रतियोगितामा २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र ६५ किलो तौल समुह र एकल काताको खेल हुने र प्रतियोगितामा प्रत्येक जिल्ला छनौट हुँदै प्रदेश छनौट भएर आएका खेलाडीहरुको सहभागिता रहने नेपाल सितोरियो कराते संघ रौतहटका कोषाध्यक्ष भिम पहरीले मेरो हुलाकी डटकमलाई जानकारी दिएका छन् ।
सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले खेल्ने प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीले क्रमश नगद ३ हजार, २ हजार, एक हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक नेपाल सितोरियो कराँते संघ चन्द्रपुर रौतहटले जनाएको छ ।