काठमाडौ, २१ असार / नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग प्रतिष्पर्धा गर्दैछ। पहिलो एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो । दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।
खेल नेपाली समय अनुसार राति ९;४५ बजे सुरु हुनेछ । क्यानडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । त्यहाँ स्कटल्याण्ड, नेपाल र नामिबियाबीच त्रिकोणात्मक एक दिवसीय सिरिज हुनेछ।