काठमाडौं ,२१ असार/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट स्थानीय तह निर्वाचनका लागि सुनिश्चित भएको आठ अर्ब ११ करोड रुपैयाँमध्ये १ अर्ब ५० करोड खर्च नहुँदा असार १६ गते फिर्ता पठाएको जानकारी दिए।
अर्थ मन्त्रालयले आयोगलाई निर्वाचनका लागि तीन चरणमा बजेट उपलब्ध गराएको थियो। पहिलो चरणमा कर्मचारी बीमा, दोस्रो चरणमा सामग्री खरिद तथा तेस्रो चरणमा बक्यौता फछ्र्योट लगायत कर्मचारीको तलब भत्ता दिइएको थियो।