काठमाडौं,२० असार / जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।
आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताएका छन् । नयाँ मन्त्रीमा प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंहलाई मन्त्रीका लागि सिफारिस गरिएको जसपा स्रोतको भनाइ छ। नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ।