काठमाडौं ,१६असार /आज संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा २०१६ असार १६ गत विधिवत् रूपमा प्रारम्भ भएको संसद्को पहिलो बैठकको स्मरणस्वरूप हरेक वर्ष असार १६ मा संसद् दिवस मनाइन्छ । दिवसका अवसरमा संघीय संसद भवन नयाँ वानेश्वरमा पूर्व सांसद मञ्चले संसद दिवस विशेष कार्यक्रम आयोजना गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आफ्ना सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनुपर्ने अभिभारा रहेको उल्लेख गरेका छन्।