काठमाडौं,१६ असार / बिहीबारदेखि शनिबारसम्म देशभर भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार यी तीन दिन तराईका सबै जिल्लामा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिनसक्ने अवस्था भएकाले उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ ।