रौतहट,९असार/ आजदेखि २७ जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ ।
१५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई फाइजर–बायोएनटेक खोप दिइने छ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।
बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने कार्यतालिका छ। यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएनटेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।
कुन जिल्लामा खोप: