काठमाडौं ,६असार/ अखिल नेपाल फुटबल संघ एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ। काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ। वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्यानलसहित चुनावी मैदानमा छन्। यस्तै फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेल पनि अध्यक्षको आकांक्षी छन्। पौड्याल स्वतन्त्र उमेदवार हुन् । समूह बनाएर चुनावी माहोल आफ्नो पक्षमा पार्न क्याम्प नै खडा गरेका कारण अध्यक्षमा कर्मा र पंकजबीच नै तीव्र प्रतिस्पर्धा हुने पक्का छ ।
यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन् । निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भएपनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन् । भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट वञ्चित भएका थिए । यस्तै, एन्फाको विधानविपरित मताधिकार दिइएको भन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको छ । निर्वाचनमा १४ ‘ए’ डिभिजन क्लब, ११ ‘बी’ डिभिजन क्लब र ९ ‘सी’ डिभिजन क्लबले मत हाल्नेछन् । यसैगरी राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ क्लबले मत दिनेछन् । एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिनेछन् ।
साथै निर्वाचन समितिले दिएको समयसिमा भित्र चार जना सदस्य पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिको सचिवालयका अनुसार सदस्यका उमेदवार मणिराज लिम्बु, विमला पौडेल, बालकृष्ण सिंह ठकुरी र शम्भुसिंह ठकुरीले उम्मेदवारी फिर्ता लिएका थिए । रमेश श्रेष्ठको उम्मेदवारी रद्ध भएको थियो । सदस्य पदकै उमेदवार कृष्ण मुरारी गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । तर, समयसिमाभन्दा बाहिर रहेकाले उनको नाम निर्वाचन तालिकामा हट्नेछैन।
शेर्पा प्यानल
अध्यक्ष – कर्मा छिरिङ शेर्पा
वरिष्ठ उपाध्यक्ष – शिक्षित पराजुली
उपाध्यक्ष – उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा, दीर्घ बहादुर केसी ९कुमार० र रत्न कुमार श्रेष्ठ
सदस्यहरु – अनिल श्रेष्ठ, भरत बुढ्थापा, मनिष जोशी, रमेश व्यन्जनकार, पेमा डोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठौंर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण कुमार यादव, राम राज गुरुङ, मणि राज विष्ट र टिका लामा
पंकज प्यानल
अध्यक्ष – पंकज विक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – विर बहादुर खड्का
उपाध्यक्ष – विराट जंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी
सदस्यहरु – महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर राउत, विन्द्रा देवान र सरिला श्रेष्ठ
स्वतन्त्र उमेदवार अध्यक्ष – राजीव राज पौड्याल
स्वतन्त्र उमेदवार सदस्य – मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवाल