सिन्धुली, २० माघ / तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा सिन्धुलीको हरिहरपुरगढीमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार नेपाल तामाङ घेदुङ समिती हरिहरपुरगढीको बसेको बैठकले कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
नेपाल तामाङ घेदुङ हरिहरपुरगढी वडा न २ को आयोजनामा यही माघ ३० गते चौरीटोलको गुम्बामा हुने कार्यक्रमको संयोजक सुकेश घलानले बताएका छन् । उक्त कार्यक्रममा तामांग संस्कृति, भेषभुषा, खानाका परिकार, खुल्ला सेलो नृत्य प्रतियोगिता र त्यसैगरी वडा नम्वर ४ चयाचुट्टीमा नाङ्साल क्लवको सहकार्यमा माघको २५ गते देखि २९ गते सम्म फुट्बल प्रतियोगिता पनि हुने संयोजक घलानले जानकारी गराएका छन् ।