काठमाडौं,३१ जेठ / यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ। यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।
विभाग अन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले सोमबार राति एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाईन आवेदन दिन सकिने जानकारी दिएका हुन्।
अब यसअघिनै लाइसेन्स लिएका चालकले अर्को वर्गको अनुमति थप गर्ने प्रक्रिया सुरु गर्न सक्नेछन् ।