काठमाडौं,३१ जेठ /अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा भईरहेको आईसीसी विश्वकप लिग टु अन्तरगत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज राति ओमानविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।
सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ। ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ। शनिबार भएको खेलमा नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको थियो।