काठमाडौं, १९ माघ । काठमाण्डौंको न्युरोड स्थित पिपुल्स प्लाजामा रहेको थ्रिकम केयरले १५ जना युवालाई मोवाईल र कम्प्युटर मर्मत सम्बन्धी निःशुल्क तालिम प्रदान गर्ने भएको छ ।
बढदो बेरोजगारी र वैदेशिक रोजगारीका लागि विदेशिने गरेको युवाहरुलाई लक्षित गरि थ्रिकम केयरले फागुनको दोस्रो हप्ता देखि निःशुल्क मोवाईल र कम्प्युटर मर्मत सम्बन्धी तालिम दिने थ्रिकमका संचालक विपिन जैसवालले जानकारी गराएका छन । अति विपन्न, गरिब र जेहेन्दार १५ जना युवाहरुलाई १ वर्ष सम्म निःशुल्क तालिम दिइनुका साथै उनीहरुलाई थ्रिकममा नै रोजगारी दिने समेत जैसवालले मेरो हुलाकी डटकमलाई बताएका छन ।
उक्त निःशुल्क तालिमका लागि हाल सम्म २ सय भन्दा बढीले आवेदन दिईसकेको र प्राप्त आवेदनहरु मध्ये १५ जनालाई फागुनको पहिलो हप्ता सम्ममा छनौट गरेर दोस्रो हप्ता देखि तालिममा सहभागी गराउने थ्रिकम केयरले जनाएको छ । बिगत ७ वर्ष देखी मोबार्इल, ल्यापटप रिपेयरिङका साथै मोबार्इल, ल्यापटपका पाटपुर्जा विक्री, वितरण गर्दै आएको यस कम्पनिले विभिन्न समयमा आफनो ग्राहकलाई लक्षित गर्दै आकर्षक प्याकेज समेत ल्याउने गरेको छ ।
विस्तृत जानकारीका लागि सञ्चालक, थ्रिकम केयर ९८०१०३७०४०/ ९८५१२३७०४०