काठमाडौंं,३०जेठ/ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनको नयाँ योजना सार्वजनिक गरेका छन्। उनले ३२ वटै वडामा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नेगरी व्यवस्थापन मिलाउने निर्णय गरेका छन्।
हिजा शनिबार बसेको कार्यपालिका बैठकमा प्रमुख शाहले तीन दिनभित्र ब्रुमर संचालनमा आउने बताएका हुन्। यसअघि महानगरमा भएका ९ वटा ब्रुमर मध्ये २ वटामात्र चलिरहेको भन्दै वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले साधन भएर पनि प्रयोगमा नआएको गुनासो गरेका थिए।
नगर सभाको ११ औँ अधिवेशन असार ५ गते हुने भएको बैठकमा जानकारी पनि दिइएको छ।