काठमाडौं,२९ जेठ / (नेकपा) एमाले केन्द्रीय कार्यालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्नेछ ।
सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।