सुर्खेत,२४ जेठ/ कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले आर्थिक वर्ष २०७९/८० को वार्षिक संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
विगतका अधुरा योजनालाई कार्यान्वयन गर्ने, विनियोजन विधेयकका सिद्धान्त, प्राथमिकतामाथि प्रदेशसभा सदस्यले छलफलका क्रममा दिएका सुझाव समेटेर नीति तथा कार्यक्रम तयार पारिएको ले बताए।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टका अनुसार विनियोजन विधेयक २०७९ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिको सेरोफेरोमै रहेर नीति तथा कार्यक्रम तयार पारिएको छ।