सर्लाही, २६ माघ/ सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाटचोरी भएका ६ वटा मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिएका छन।
गिरीका अनुसार आज हस्तान्तरण गरिएको ६ वटा मोटरसाइकल समेत गरी यस कार्यालयले अहिलेसम्म १५ वटा मोटरसाइकल धनीलाई जिम्मा लगाइसकेको । हस्तान्तरण गरिएका सबै पल्सर मोटरसाइकल हुन्।