काठमाडौं,२६ माघ/ नेकपा माओवादी केन्द्रले माघ २८ र २९ गतेका लागि दोस्रो केन्द्रीय समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्नेछ । बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ। पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवशेन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो। बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन। महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो।