सुर्खेत,२६ माघ/ सुर्खेतमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिम्ता गाउँपालिका ४ सिमलगाँउ बस्ने धर्मबहादुर नेपालीकी श्रीमती ३८ वर्षीया राधिका नेपाली भएको प्रहरी चौकी आग्रिगाउँ सुर्खेतले जनाएको छ। मंगलबार बिहान १० बजे छोरीसँग लक्ष्मी सामुदायिक वनमा घाँस काट्न गएकी राधिका दिउँसो करिब साढे १ बजेतिर भिरबाट लडेकी हुन्। भिरबाट लड्दा झण्डै एक सय ५० मिटर तल खसी उनको मृत्यु भएको हो।