रौतहट,२६ माघ/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अगामी फागुन १७ गते रौतहट आउँदै छन् । मौलापुर नगर प्रमुख रिना कुमारी साहको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा मधानी महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली आउन लागेका हुन् ।
मेयर साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको जानकारी दिएका छन।