काठमाडौं,२५ माघ/ सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन। निर्वाचनको मिति तोकिसकिएकाले अब अन्तिम मतदाता नामावली प्रकाशनको तयारीमा लाग्ने भएकाले नामावली संकलन स्थगित गरिएको बताए। उनले कार्यविधि बनाउने, सामान खरिद गर्नेलगायत काममा लाग्ने बताए।
हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ। सरकारले आगामी वैशाख ३० गते एकैपटक स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेको छ।